युवाहरूलाई अधिकतम् उम्मेदवार बनाउन प्रयास गर्छौ: प्रधानमन्त्री

Nov Wed 2022 01:12:12

युवाहरूलाई अधिकतम् उम्मेदवार बनाउन प्रयास गर्छौ: प्रधानमन्त्री

काठमाडौं । युवाहरूको हकअधिकार सुनिश्चित गराउन आग्रह गर्दै युवा गैर सरकारी संस्था महासङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रधानमन्त्री देउवालाई महासङ्घले युवाहरूको हकअधिकार सुनिश्चित सँगै विभिन्न ६ सूत्रीय ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा आँउदो संघीय निर्वाचन र प्रदेश निर्वाचनमा ५० प्रतिशत युवाहरूलाई प्रत्यक्ष उम्मेदवारीको लागि उचित तवरले नीतिगत रुपमा व्यवस्था गर्न माग गरीएको छ ।
यस्तै प्रत्येक स्थानीय तहले युवा सूचना केन्द्र स्थापना गर्न, युवा नीति तर्जुमा गरी अनिवार्य कार्यान्वयन गर्न उत्कृष्ट युवा मैत्री काम गर्ने निकायहरूलाई पुरस्कारको व्यवस्था गर्न समेत माग गरेको छ । अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरूलाई युवाहरूको क्षेत्रमा काम गर्न वातावरण निर्माण गरी राष्ट्रिय उद्यमशीलतासँग जोडने पहल गर्न समेत आग्रह गरेको महासङ्घका अध्यक्ष नारायण गिरीले बताउनु भयो ।

साथै बेरोजगार युवाहरूलाई रोजगारी र सीप विकासका लागि ठोस कार्यक्रम घोषणा गरी विदेशिने युवाहरूको संख्या नियन्त्रण गर्न गरिएको आग्रह प्रति प्रधानमन्त्री देउवा सकारात्मक रहेको र आगामाी निर्बाचनमा कालिकोट लगायत जिल्लामा नेपाली कांग्रेसले युवाको उम्मेदवारी उठाएर नमुना काम गर्ने विश्वास नेतृ भावना शाहीले ब्यक्त गर्नु भयो ।

ध्यानाकर्षण पत्र बुझाउन महासङ्घको अध्यक्ष गिरीको नेतृत्वमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, भावना शाही समाजकल्याण परिषदका सदस्यहरू आस्था केसी, गोमा भुसाल र युवा गैससका अन्य सदस्यहरुको समेत उपस्थिती रहेको थियो । आँउदो २७ गते शुक्रबार राष्ट्रिय युवा परिषदको आयोजनामा प्रधानमन्त्रीको प्रमुख आथित्यतामा राष्टिय सभागृहमा अन्तराष्ट्रिय युवा दिवस मनाइदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?