जनप्रतिनिधि संवाद-३ : वडाध्यक्ष गोपाल नेगी लामा

Nov Wed 2022 01:10:50

जनप्रतिनिधि संवाद-३ : वडाध्यक्ष गोपाल नेगी लामा


“जनप्रतिनिधि संवाद” को तेस्रो शृंखलामा ककनी गाउँपालिका वडा नं. ६का वडाध्यक्ष गोपाल नेगी लामासँग संवाद गरेका छौं ।


अहिले स्थानीय तहमा निर्वाचित भएको प्रतिनिधिहरुको एक वर्ष कार्यानुभव र कार्य योजना विषयमा केन्द्रित भएका छौं ।


संवादमा वडाध्यक्ष लामाले भने, शुरूमा चाहिं असहज भएपनि काम गर्दै जाँदा सहजता भएका छ । मेरो वडामा धेरै काम, कुरा असुविधा थिए, जसमा सडक लगायतका सबै कामहरू जनतासँग भेला गरेरै काम अघि बढाए । बृद्ध भत्ता, जग्गाको कर,विवाह दर्ता, जन्मदर्ता लगायतका अन्य जनताके लागि सुविधायुक्त कामहरू घरघरमै गएर गएको बताए । ककनीकै नमुना सडक बनाएको छ ।


यस वर्षको बजेटबाट मुख्य प्रथामिकतामा खानेपानी, शिक्षा, सडक, सिंचाइ लगायतका विकासका पूर्वाधारहरूका लागि बजेट सिलिङ गाउँपालिकामा पेश गरेको छ ।


जनताको अवस्था बुझेर काम गरे, अहिल सबै खुशी भएको उनले सुनाए । उनले थपे, यति गर्दा जनताले सिहदरबार टोलटोलमा अाएको महसुस गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?