Nov Wed 2022 01:07:45
काठमाण्डौं । नेपाली कांग्रेसकी नेता भावना कुमारी शाहीले पार्टीको १४औ महाधिवेशनमा खस आर्य कोटामा केन्द्रीय सदस्यमा उम्मेदारी दिनु भएको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन संघीय राजधानी काठमाडौंमा मंसिर २४ गतेदेखि सुरु भए देखी नै सक्रिय प्रचारमा रहेकी नेता शाहीले अभिभारालाई भन्नु भयो, सामाजिक न्याय स्थापना गर्न, लोकतन्त्रको रक्षा विकास गर्न, पार्टीलाई सुदृढ बनाउनका लागि आफ्नो उम्मेदवारी रहने र त्सको लागि देउवा समुह नै एक मात्र विकल्प हो । राष्ट्रिय राजनीतिमा देउवा र कालिकोटको राजनीतिमा मेरो उत्तिकै योगदान छ ।
सामाजिक सञ्जाल फेशबुकमा उहाले लेख्नुभएको छ, ‘मेरो उम्मेद्बारी पदका लागि कुर्सी र कुर्सीका लागि पद होइन, राज्यको उपनिवेशमा परेको कर्णालीबाट प्रतिनिधित्व गर्दै कांग्रेसको सङ्गठन चलायमान बनाउन र प्रत्येक नेपालीको घर आगनमा चारतारे झन्डा फराउने अभियानलाई आत्मसाथ गर्दै मुलुकलाई सहिदिशा निर्देश गर्नका निमित्त मेरो जिलो ज्यान समर्पित गर्दै मेरो उम्मेद्बारी केन्द्रीय सदस्यमा (खसआर्य तर्फं) रहेको हो भन्ने कुरा अवगत गराउँदै महाधिवेशन प्रतिनिधिले आजको भोटिङमा मेरो उचित मुल्यांकन गर्नु हुनेछ भन्ने आशामा छु। युवा नेत्री शाही विगत लामो समय देखी कालीकोटको कांग्रेस राजनीति तथा युवाको क्षेत्रमा काम गर्दै आउनु भएको सामाजिक व्यक्ति समेत हुनुहुन्छ ।