राजनीतिको आबरणमा राज्यशक्तिको मनलाग्दि लुट ।

Sep Tue 2022 02:30:24

राजनीतिको आबरणमा राज्यशक्तिको मनलाग्दि लुट ।

निर्वाचन आयोगले संविधान, कानुन र विगतको अभ्यासका आधारमा प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल १ असोजसम्म रहने भनेर सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ दलहरू पनि त्यसैलाई आधार मानेर चुनावी गतिविधिमा होमिएका छन् तर, संघ र प्रदेश सभामा प्रमुख सचेतक, सचेतक, समिति सभापतिलगायतका अधिकांश पदाधिकारीले  सुविधाको गाडी फिर्ता गरेका छैनन् ।

 

४ मंसिरमा हुने निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचनमा बुझाएको नौ दिन बितिसक्दासमेत उनीहरूले सुविधा फिर्ता गरेका छैनन् बरु कतिपय सांसद सरकारी गाडीको दुरुपयोग गर्दै पार्टीका चुनावी गतिविधिमा सहभागी भइरहेका छन् संघीय संसद् सचिवालयका अनुसार सभामुखउपसभामुखबाहेक सवारी सुविधा लिएका १८ मध्ये तीनजनाले मात्रै फिर्ता गरेका छन् बाँकीले फिर्ता गरेका छैनन् 

नैतिक रूपमा पनि चुनावी कार्यक्रम सुरु भएपछि सेवासुविधा फिर्ता गर्ने विगतको अभ्यास छ जसअन्तर्गत अधिकांश सांसद सचिवालयबाट आफ्नो सबै हिसाब मिलान गरेर गाउँतिर लागेका छन् सत्तापक्षीय सांसद संविधानमा पाँच वर्ष भनेकाले कार्यकाल कायमै रहेको जिकिर गरिरहेका छन् चुनावी कार्यक्रम सुरु भएसँगै संसद् निष्क्रिय भइसकेको बर्खे अधिवेशन असोजदेखि नै अन्त्य भइसकेको  

संसदीय दलका प्रमुख सचेतकसचेतकदेखि संसदीय समितिका अधिकांश सभापतिले सरकारी गाडी चढिरहेका छन् कार्यकाल नसकिएको स्वघोषणा गर्दै उनीहरूले गाडी छाड्न मानेका छैनन् सभामुख उपसभामुखको कार्यकालबारे संविधानमा उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म रहने व्यवस्था भए पनि सांसदहरूको हकमा ठोस केही छैन 

संसद् सचिवालय सवारी शाखाका अनुसार दलका सचेतक र प्रमुख सचेतकहरूले गाडी फिर्ता गरेका छैनन् ांग्रेसका प्रमुख सचेतक चित्रलेखा यादव, सचेतक मीनबहादुर विश्वकर्मा, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपा प्रमुख सचेतक प्रमोद साहले गाडी फिर्ता गरेका छैनन् त्यस्तै, निर्वाचनपछि नयाँ प्रतिनिधिसभाको पहिलो बैठकअघिसम्म कार्यकाल कायम राख्ने गरी सरकारले ल्याएको कानुनको चर्काे विरोध गरेको एमालेकै प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीले पनि गाडी फिर्ता गरेका छैनन् लोसपाका प्रमुख सचेतकका रूपमा सेवा लिइरहेका हाल एमालेमा प्रवेश गरेका उमाशंकर अरगरियाले पनि गाडी फिर्ता गरेका छैनन् 

आइतबारसम्म तीन समितिका सभापतिले मात्रै गाडी फिर्ता गरेको सवारी शाखाले जनाएको छ चालकमार्फत सचिवालयलाई गाडी फिर्ता गर्नेमा विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला र महिला तथा बालबालिका समिति सभापति निरूदेवी पाल छन् शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमल श्रीवास्तव, सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र कानुन, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेलले सवारीसाधन फिर्ता गरेका छैनन् त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णाकुमारी सुवेदी, संसदीय सुनुवाइ विशेष समिति सभापति लक्ष्मणलाल कर्ण, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापति निरादेवी जैरू र अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले अझै सभापतिको हैसियतमा संसद्को गाडी चढेर पार्टीका चुनावी गतिविधिमा केन्द्रित भइरहेका छन् 

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार सांसदले पाउने सवारीसाधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्ने व्यवस्था छ यो अवधि कटिसकेको तर, लेखा समिति सभापति शाहले आफूहरूको कार्यकाल २२ असोजसम्म रहेकाले अहिले नबुझाएको बताए

सभामुखले प्रयोग गरिरहनुभएको छ सभामुख हामी बराबर हो फेरि ऐनले सात दिनसम्म पाउने भनेको हाम्रो कार्यकाल २३ असोजसम्म हो २०२२ गते त बुझाइहाल्छौँ,’ उनले भने कांग्रेसबाट प्रतिनिधित्व गर्ने शाहले प्रत्यक्षतर्फको मनोनयनअघिसम्म कार्यकाल रहेको दाबी गर्दै अहिले बुझाउन नपर्ने जिकिर गरे

एमाले सचेतक चौधरीले आफूले गाडी फिर्ता पठाइसकेको र सोमबारसम्म चालकले बुझाउने बताइन् मलाई सञ्चो थिएन दाङ ल्याएर छोडिदिएको थियो मैले गाडी पठाइसकेको छु चालकले भोलि फिर्ता गर्ला,’ उनले भनिन्, ‘पद नै सकिसकेपछि किन गाडी चढिरहनु ?’माओवादीबाट प्रतिनिधित्व गर्ने शिक्षा समिति सभापति घर्तीले कार्यकाल नसकिएको र कानुनी रूपमा स्पष्टता नभएकाले नबुझाइएको बताइन् हाम्रो संसद् सकिएको छैन अधिवेशन मात्रै अन्त्य भएको हो गाडी सबैले बुझाएको छैन अब सल्लाह गरेर नीतिगत हिसाबले स्पष्ट हुँदै बुझाउने हो,’ उनले भनिन्, ‘हाम्रो उम्मेदवार पनि निश्चित भएको छैन त्यसैले सबै स्पष्ट भएपछि फिर्ता गर्छु’ 

एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने राज्यका निर्देशक सिद्धान्त समिति सभापति जैरुले आफू उपत्यकाबाहिर भएकाले पठाउन ढिला भएको तथा  कार्यकाल सकिएपछि सेवासुविधा लिन नहुने बताइन् जनताका प्रतिनिधि भएर सेवा गर्‍यौँ हाम्रो जिम्मेवारी सकिएपछि स्वाभाविक रूपमा राज्यको सम्पत्ति फिर्ता गर्नुपर्छ,’ उनले भनिन् 

जसपाका प्रमुख सचेतक प्रमोद साहले पदावधि नसकी सेवासुविधा बुझाउन नमिल्ने बताए पाँच वर्ष नपुगी कार्यकाल सकिँदैन कानुन पनि बनेको छैन कसैले भन्दैमा माननीय पद सकिँदैन सकिएपछि बुझाउँछु,’ उनले भने ोसपाबाट प्रतिनिधित्व गर्ने सुुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले सेवासुविधा फिर्ता गर्न अझै १५ दिन समय रहेको बताए २२ असोजसम्म समय रहेको जिकिर गर्दै कर्णले यसबीचमा बुझाउने बताए 

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदहरूबाट गाडीहरू फिर्ता भइरहेको बताए गाडीहरू उपत्यकाबाहिर नेपालभर गएका हुन्छन् १०१५ दिनसम्म ल्याउने विगतको चलन छ त्यही भएर हामी पर्खिरहेका छौँ आज सातआठ दिन भयो १५ असोजसम्म आउँछ,’ उनले भने

संसद् सचिवालयसँग कति छन् सवारी ?
संसद्को सवारी शाखाका अनुसार सचिवालयसँग चारवटा बस, ८३ वटा जिप र एक सय ११ वटा मोटरसाइकल छन् सञ्चालनमा रहेका चारवटा बसले सचिवालयका कर्मचारी बोक्ने अन्य आवतजावतको काम गर्छ त्यस्तै, ८३ वटा जिपमध्ये १० वटा स्कारपियो उपसचिवहरूले प्रयोग गर्ने गरेका छन् १४ वर्षसम्मका पुराना जिप केही मर्मत गर्नुपर्ने अवस्थामा छन् सवारी शाखाका अनुसार गाडी पुरानो हुँदा बाटोमै बिग्रिने गन्तव्यमै पुग्न कठिनाइ पनि पाँच वर्ष, नौ वर्ष र १४ वर्ष पुराना गाडी छन् स्कारपियो मर्मत गर्नुपर्नेछ,’ सवारी शाखाका एक कर्मचारीले भने 

संसद् सचिवालयका पुराना गाडी कबाडीमा थन्क्याएर राखिएको छैन सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका कबाडी गाडी हेबी इक्विपमेन्ट डिभिजनलाई बुझाइन्छ डिभिजन कार्यालयले लिलाम गर्छ संसद् सचिवालयसँग कुल एक सय ११ मोटरसाइकल छन् यसबाहेक सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका १४ वटा मोटरसाइकललाई असारमा हेबी इक्विपमेन्ट डिभिजनलाई हस्तान्तरण गरिएको थियो जिन्सी शाखाका एक कर्मचारीका अनुसार सचिवालयलाई मोटरसाइकल अभाव सबैलाई पुगेको छैन अफिसरलाई छैन, कार्यालय सहयोगीले प्रयोग गरिरहेका छन्,’ जिन्सी शाखाका ती कर्मचारीले भने 

 सभामुख र उपसभामुखको पदावधिबारे विवाद

Description: https://nayapatrikadaily.com/uploads/news/images/agni.jpg'_'.2022-09-26.jpgसंविधानको धारा ९१ (६) मा संघीय संसद्का सभामुख र उपसभामुख तथा धारा १८२ (६) मा प्रदेश सभाका सभामुख र उपसभामुखको कार्यकालबारे व्यवस्था गरिएको छ जसमा उनीहरू सम्बन्धित सभाको सदस्य नरहेको अवस्थामा पदमुक्त हुने उल्लेख त्यस्तै, सभा विघटन भएको अवस्थामा प्रतिनिधिसभा र प्रदेश सभाका सभामुखउपसभामुख अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था छ यसैलाई आधार मानेर उनीहरूले अहिले पनि सभामुखउपसभामुखको हैसियतमा सेवासुविधा लिने तथा गतिविधि गरिरहेका छन्, तर यसमा विवाद छ सांसदहरूले पनि जनप्रतिनिधिका रूपमा समान हैसियत हुने भएकाले सभामुखउपसभामुखको बराबर नै आफूहरूको कार्यकाल रहने दाबी गर्दै आएका छन् स्रोत नयाँ पत्रिका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?